प्रहरीले बर्दियाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ का गणेश चौधरी र कृष्ण थारु रहेका छन्।
बढैयाताल गाउँपालिका –७ कर्णाली पुलमा लागुऔषध (ब्राउन सुगर) को कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
39
Shares
प्रतिक्रिया