भक्तपुरमा बालयौन दुरुपयोग आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरकी २१ वर्षीया महिलाले आफ्नै नाबालिग बहिनीसँग आफैँ संलग्न भई यौनजन्य गतिविधि गरेको र त्यसको भिडिओ समेत बनाएर पुरुष साथीलाई पठाएको खुलेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए।
प्रहरीका अनुसार उनले उक्त भिडिओ जिमेलमार्फत साथीलाई पठाएकी थिइन्।
२०७९ जेठ ६ गते इन्टरपोलको बालबालिकाविरुद्धको अपराध युनिटले एक बालिकालाई बालयौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो।
साइबर ब्युरोबाट प्रारम्भिक अनुसन्धानपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
फागुन २१, २०७९, आइतबार
प्रतिक्रिया