ad ad

अपराध


बहिनीसँग अश्लील भिडिओ बनाएर साथीलाई पठाउने महिला पक्राउ

बहिनीसँग अश्लील भिडिओ बनाएर साथीलाई पठाउने महिला पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०७९ आइतबार १९:५, काठमाडौँ

भक्तपुरमा बालयौन दुरुपयोगको आरोपमा एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

भक्तपुरकी २१ वर्षीया महिलाले आफ्नै नाबालिग बहिनीसँग आफैँ संलग्न भई यौनजन्य गतिविधि गरेको आरोप लागेको छ।

उनले त्यसको भिडिओसमेत बनाएर पुरुष साथीलाई पठाएको खुलेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए। 

प्रहरीका अनुसार उनले उक्त भिडिओ जिमेलमार्फत साथीलाई पठाएकी थिइन्। 

२०७९ जेठ ६ गते इन्टरपोलको बालबालिकाविरुद्धको अपराध युनिटले एक बालिकालाई बालयौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो। 

साइबर ब्युरोबाट प्रारम्भिक अनुसन्धानपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .