डलर साट्ने बहानामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकको बाह्रबिसे २ कर्थलीका २८ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको हो।
तामाङले उपत्यकाका विभिन्न व्यक्तिलाई फोन गरी डलर साटिदिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोप छ। भक्तपुरको दधिकोटबाट १९ लाख, ललितपुरको चाँगाथलीबाट २ लाख, ललितपुरकै सानोगाउँबाट ४ लाख र भक्तपुरको बालकोटबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
ठगी पीडितहरुले उपत्यका उपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। सीसीटीभी फुटेज र पीडितले दिएको हुलियाका आधारमा उनको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि सातदोबाटो वृत्त पठाइएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
उनले यसअघि २०७७ असोज २५ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ मा जाहेरवाला विक्रम गिरीलाई नक्कली सुन देखाई ५ लाख रुपैयाँ ठगी गर्न खोजेको पनि खुलेको छ। उक्त कसुरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा चलेको र २०७८ असोज ११ गते आनन्द सिंहलाई नक्कली सुन देखाई ठगी गरेको घटनामा प्रहरी वृत्त नयाँ बानेश्वरबाट पक्राउ गरेर मुद्दा चलाएको पनि खुलेको छ।
अनि ठगी गरेर ल्याएको रकमले ऋण तिरेको र एउटा मोटरसाइकल किनेको प्रहरीलाई बताएका छन्।
भीमबहादुर तामाङबाट बरादम पैसा र मोबाइल
Shares
प्रतिक्रिया