अपराध


३ वर्षमा पूर्वप्रेमीसहित १२ साथीको हत्या आरोपमा थाइ महिला पक्राउ

३ वर्षमा पूर्वप्रेमीसहित १२ साथीको हत्या आरोपमा थाइ महिला पक्राउ

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १७:१८,

आफ्नै १२ साथी तथा चिनारुको हत्या गरेको आरोपमा थाइल्यान्डको प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। उनले साइनाइड विष दिएर तिनको हत्या गरेको बताइएको छ।

हालै उनका एक साथीको मृत्युमा भएको छानबिनपछि मंगलबार प्रहरीले सरारत रंगसिउथापर्णलाई पक्राउ गरेको हो। 

यसै महिना सरारतसँगै यात्रामा गएकी ती महिलाको मृत्यु भएपछि परिवारले उनीमाथि शंका गरेको थियो।

त्यसपछि अनुसन्धान गरेर हेर्दा सरारतले थप ११ जनाको हत्या गरेको प्रहरीको भनाइ छ। मारिनेमा उनका पूर्वप्रेमी पनि छन्।

उनले पैसाको कारण ती हत्या गरेको प्रहरीको आरोप छ। उनले भने सबै आरोप अस्वीकार गरेकी छन्।

दुई साताअघि उनी आफ्नी एक साथीसँग ब्याङ्ककको पश्चिममा पर्ने प्रान्तमा घुम्न गएकी थिइन्। जहाँ एक नदीमा उनीहरु बौद्ध अनुष्ठानमा सहभागी भएका थिए। 

लगत्तै नदीको किनारमा उनकी साथी ढलिन्। 

पोस्टमार्टममा उनको शरीरमा साइनाइड फेला पर्यो। उनको फोन, पैसा र झोला पनि गायब थियो। 

अरु ११ जनाको पनि यस्तै तरिकाले मृत्यु भएको प्रहरीको भनाइ छ। हत्याको यो शृंखला २०२० मा सुरु भएको थियो।

मृतकहरु सबैको नाम प्रहरीले सार्वजनिक गरेको छैन। तर, सरारतका पूर्व पार्टनर र दुई महिला प्रहरी अधिकृत पनि मृतकको सूचीमा छन्।

हाल सरारतको पार्टनर रहेका व्यक्ति पनि सोही प्रान्तमा उच्च प्रहरी अधिकृत छन्। उनीसँग पनि सोधपुछ गरिएको छ।

प्रहरीका अनुसार सरारतलाई दुई लाख ५० हजार भाट (७ हजार ३ सय डलर) सापटी दिएकी उनकी एक साथी पनि बान्ता गरेर ढलेकी थिइन् तर उनी बच्न सफल भएकी थिइन्।

त्यतिबेला प्रहरीले शंका नगरेको बताइएको छ। मानिस मर्नेगरी साइनाइड प्रयोग गरिएको छ भने शवमा महिनौँपछि पनि यो भेटिन्छ। 

यो विषले शरीरका कोषिकहरुमा अक्सिजन जान दिँदैन र विष लाग्ने मानिसलाई हृदयाघात हुन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .