अपराध


नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुग्यो (सूचीसहित)

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुग्यो (सूचीसहित)

नेपालखबर
बैशाख २७, २०८० बुधबार ११:८, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। 

पछिल्लोपटक आज (बुधबार) बिहान प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित पूर्वगृहमन्त्री खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो। 

यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको छ।

यसभन्दा अघि पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन्।

यस्तै सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ गरेको छ। 

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .