ad ad

अपराध


तनहुँमा बोराभित्र महिलाको शव, नाम पत्ता लगाउने प्रयास गर्दै प्रहरी

तनहुँमा बोराभित्र महिलाको शव, नाम पत्ता लगाउने प्रयास गर्दै प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार २१:१२, तनहुँ

तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडानजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए।घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ।’

व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो। ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,’ प्रनाउ खाँणले भने। उक्त बाटो हिँड्डुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .