ad ad

अपराध


मदिरासहित बोलेरो गाडी नियन्त्रणमा

मदिरासहित बोलेरो गाडी नियन्त्रणमा

नेपालखबर
असार १९, २०८० मंगलबार ७:४१, काठमाडौँ

इलाममा मोटरपार्ट्स तथा मदिरासहित प्रहरीले बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

इलाम जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो।

प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध सामान ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाइट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला परेको बताइएको छ।

बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित थप अनुसन्धान तथा कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .