ad ad

अपराध


लागुऔषध बेचिरहेकी २ युवती पक्राउ

लागुऔषध बेचिरहेकी २ युवती पक्राउ

नेपालखबर
असार १९, २०८० मंगलबार १२:५८, काठमाडौँ

झापामा लागुऔषध विक्री गरिरहेका दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार राति शिवसताक्षी नगरपालिका ९ की २४ वर्षीया झरना विक र कमल गाउँपालिका ३ की २४ वर्षीया सन्ध्या राईलाई प्रहरीले पक्राउ गरेको हो। 

झरनाले आफ्नै घरमा लागुऔषध ब्राउन सुगर विक्री गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए।

झरनाको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .