ad ad

अपराध


२५ लाख मूल्यको औषधि बोकेको कारसहित भारतीय नागरिक पक्राउ

२५ लाख मूल्यको औषधि बोकेको कारसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
असार २०, २०८० बुधबार १२:५०, काठमाडौँ

भारतबाट अवैध रूपमा ल्याइएको औषधिसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ धनुषाको जनकपुर उपमहानगरपालिका १२ बर्हबिगहाबाट करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी
बोकेको कारसहित भारत घर बताउने २९ वर्षीय मो ईक्वाललाई नियन्त्रणमा लिइएको हो।

ती व्यक्तिले बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा औषधी राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेका थिए। उनलाई राजश्व भन्सार सुरक्षा बेस 

जनकपुरधामले नियन्त्रणमा लिएको हो।

‍बरामद औषधी तथा कारसहित उनलाई आवश्यक कारवाहीका लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .