ad ad

अपराध


ओछ्यानमै बेहोस भेटिएकी महिलाको मृत्यु, पति पक्राउ

ओछ्यानमै बेहोस भेटिएकी महिलाको मृत्यु, पति पक्राउ

नेपालखबर
असार २०, २०८० बुधबार १३:२३, सप्तरी

सप्तरीमा आफ्नै पत्नीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।  

जिल्लाको शम्भुनाथ नगरपालिका–५, मोहनपुर निवासी ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या गरेको अभियोगमा उनका श्रीमान् इनरदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार खाना खाई आफ्नो कोठामा सुतेकी किरणकुमारी बेहोस अवस्थामा फेला परेकी थिइन्। तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

स्थानीयले घटनाबारे खबर गर्नासाथ प्रहरी चौकी (कठौना) र इलाका प्रहरी कार्यालय (कल्याणपुर) बाट खटिएको प्रहरी टोलीले इनरदेवलाई नियन्त्रणमा लिएको हो।

सोधपुछ गर्दा किरणकुमारीको हत्यामा इनरदेव नै संलग्न भएको खुल्न आएको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .