अपराध


पौने २० करोड क्रिप्टो करेन्सी कारोबारको आरोपमा २३ वर्षीय युवक पक्राउ

पौने २० करोड क्रिप्टो करेन्सी कारोबारको आरोपमा २३ वर्षीय युवक पक्राउ

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १७:४४, काठमाडौँ

पौने २० करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोप २३ वर्षीय युवक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंँको टोलीले काठमाडौँ महानगरपालिका–११, भद्रकाली क्षेत्रबाट २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको हो।

क्रिप्टो करेन्सीको कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। 

एसपी भट्टराईका बाराको कलैया नगरपालिका–१० का सेफ हाल काठमाडौँ महानगरपालिका–१०, डल्लुमा बस्दै आएको थिए। उनले १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको पाइएको भट्टराईले जानकारी दिए। 

उनीसँग भएको दुई वटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। जिल्ला अदालत, काठमाडौँले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको एसपी भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad