बाराको विश्रामपुर गाउँपालिका–१, खोरिया क्षेत्रबाट लागूपदार्थ कोकिनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुनसिंह ठगुन्नाको नेतृत्वमा गएको टोलीले कमान्डमा गएको (एसएसपी) भारतको पूर्वी चम्पारणका ३५ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको हो। उनको साथबाट २१ ग्राम ६५० मिलिग्राम कोकिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भारतबाट नेपाल तर्फ आइरहेको मोटरसाइकल जाँच गर्दा कोकिन लुकाएर राखेको पाइएको हो। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया