अपराध


जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका दुई कैदी पक्राउ

जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका दुई कैदी पक्राउ

नेपालखबर
माघ १९, २०८२ सोमबार १८:२९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ। 

ललितपुरको बागमती गाउँपालिका-१ हसेलका ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका-५ का २१ वर्षीय अजयका नामले परिचित संजय तामाङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, अशोकलाई कर्तव्य ज्यान मुद्दामा अदालतले २५ वर्ष कैद तोकेको थियो। 

उनलाई काठमाडौँको दक्षिणकाली नगरपालिका-८ केराबारीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। अशोकलाई नख्खु कारागार पठाइएको छ। 

त्यस्तै, संजयलाई चोरी मुद्दामा पुर्पक्षका लागि जेल चलानको आदेश भएको थियो। उनलाई भक्तपुरको चागुनारायण नगरपालिका-३ बाट पक्राउ गरिएको हो। उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल पठाइएको एसपी कार्कीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad