समाज


ग्यासको अभाव छैन, आवश्यकता अनुसार मात्रै खरिद गरौँ: आयल निगम

ग्यासको अभाव छैन, आवश्यकता अनुसार मात्रै खरिद गरौँ: आयल निगम

नेपालखबर
माघ १९, २०८२ सोमबार १८:४४, काठमाडौँ

नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको बताउँदै आवश्यकता अनुसार मात्रै खरिद गर्न उपभोक्तालाई आगह गरेको छ। 

निगमले सोमबार प्रेस विज्ञप्ति जारी गरी ग्यास उद्योगलाई बजारमा सिलिन्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको छ। ‘आज बजारमा केही एकाध उद्योगको ग्यास सिलिन्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिन्डरको आपूर्ति सहज बनाई बजार सामान्यकरण गर्न निर्देशन दिई सकिएकाले केही समयभित्रै सामान्यकरण हुने व्यहोरा समेत आम उपभोक्ता वर्गमा जानकारी गराउँदछौँ,’ निगमले भनेको छ। 

इन्डियन आयल कर्पोरेसनबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगले आयात गरेको निगमले जनाएको छ। यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो। 

अहिले उद्योगले ल्याएको ग्यासको परिणाम जाडोयामको माग धान्न पुग्ने निगमको भनाइ छ। बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको निगमले जनाएको छ। 

निगमले भनेको छ, ‘आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न समेत हार्दिक अनुरोध गर्दछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad