काठमाडौँको कीर्तिपुर नगरपलिका-४, चम्पादेवी बसपार्क नजिक घरबाट गरगहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरी वृत्त कीर्तिपुरको टोलीले काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-८ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २६ वर्षीय भुवन प्रधान र रामेछापको मन्थली नगरपालिका-८ घर भई कीर्तिपुर बस्ने १९ वर्षीया सुनिता बस्याललाई पक्राउ गरेको हो।
उनीहरूबाट नगद एक लाख ४८ हजार ४४९ रुपैयाँ बरादम गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। त्यस्तै, एक-एक वटा चाँदीको ब्रास्लेट, सुनको टप, सुनको सानो तिलहरी, सुनको लकेट, पोते काटेको र पोते भएको माइली तिलहरी र नौगेडी बरादम गरिएको छ।
यस्तै, सुनको सिक्री तीन वटा, सुनको औंठी दुई वटा, मोबाइल तीन वटा, पगालेको सुनको डल्लो जस्तो देखिने वस्तु एउटा र मोटरसाइकल एउटा बरामद गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया