अपराध


गतिशील सहकारी अध्यक्ष डा. बलराम पाठक पक्राउ

गतिशील सहकारी अध्यक्ष डा. बलराम पाठक पक्राउ

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १६:२, काठमाडौँ

ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन्। उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष पनि हुन्।

जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले पाठकलाई आइतबार पक्राउ गरेको हो। सहकारी ठगी कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले बताए। 

गतिशील सहकारीको दुई अर्ब ४४ करोड रुपैयाँ हिनामिना भएको भएको छ। बचतकर्ताले रकम फिर्ता नपाएपछि प्रहरीमा उजुरी गरेका थिए। 

सहकारीको रकम हिनामिनामा अध्यक्ष पाठकको संलग्नता रहेको आरोप छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad