चारीको आरोपमा प्रहरीले तनहुँको ऋषिङ गाउँपालिका-५, रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाट पक्राउ परेका छन्। उनीमाथि अनुसन्धान गर्दा यसअघि ३७ वटा मुद्दा लागेको खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सन्तोषलाई सोमबार काठमाडौँ महानगरपालिका-१२, टेकुबाट पक्राउ गरेको हो। उनी टेकुमै बस्दै आएका थिए।
केही दिनयता काठमाडौँका विभिन्न स्थानमा चोरी भएको थियो। वैशाख ८ गते काठमाडौँ-५, कालोपुलस्थित घरमा र वैशाख १४ गते टोखा नगरपालिका–३, जागरण टोलस्थित घरमा चोरी भएको थियो। घरमा कोही नभएको मौकामा ढोकाको ताला फोडेर सुनचाँदीका गहना, नगद र मोबाइल चोरी भएको उजुरी परेको थियो।
तिनै घटनाको अनुसन्धानका क्रममा प्रहरीले सन्तोषलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए। उनका अनुसार, सन्तोषलाई यसअघि ३७ वटा मुद्दा लागेको पाइएको छ।

अभद्र व्यवहारमा २२ वटा, चोरीमा १३ वटा, हातहतियार तथा खरखजनामा एक र लागूऔषधमा एक मुद्दा परेको पाइएको प्रवक्ता कार्कीले जानकारी दिए। थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सन्तोषलाई जिल्ला प्रहरी परिषर, काठमाडौँमा बुझाएको कार्कीले बताए।
सन्तोषबाट प्रहरीले सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहनाको १९१ ग्राम, सुन जस्तो देखिने पहेलो रङको तिलहरी र पोतेसहित ६८७ ग्राम, चाँदी जस्तो देखिने विभिन्न गरगहना ३१७ ग्राम, विभिन्न दरका विदेशी मुद्रा बरादम गरिएको छ।
त्यस्तै, धातुका सिक्का १९ वटा, विभिन्न कम्पनीका घडी ५ वटा, मोबाइल दुई, दुई वटा खुकुरी र एक फलामको रड पनि बरामद गरिएको कार्कीले जानकारी दिए।
यसअघिका मुद्दाको विवरण:
१) २०६१।०२।२१ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
२) २०६१।०९।०७ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
३) २०६२।०५।०६ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
४) २०६२।०६।१३ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
५) २०६३।०२।०९ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
६) २०६३।०३।२९ गते: काठमाडौँ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
७) २०६३।०४।१० गते: काठमाडौँ प्रहरी परिसरमा हातहतियार खरखजना मुद्दा दर्ता।
८) २०६३।१०।०३: गते: काठमाडौँं प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
९) २०६३।११।१५ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१०) २०६४।०१।२१ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
११) २०६५।०६।०१ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१२) २०६५।०९।०३ गते: काठमाडौँ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
१३) २०६६।०५।०२ गते: काठमाडौँ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
१४) २०६६।१२।०१ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१५) २०६७।०५।२० गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१६) २०६७।०७।२९ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१७) २०६७।०९।२८ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
१८) २०६८।०१।०२ गते: प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
१९) २०६८।०२।२४ गते: काठमाडौँ प्रहरी परिसरमा चोरी मुद्दा दर्ता।
२०) २०६८।०७।१६ गते: प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
२१) २०६८।०८।१६ गते: जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता।
२२) २०६९।०१।२७ गते: जिल्ला प्रहरी कार्यालय पर्सामा लागुऔषध मुद्दा दर्ता।
२३) २०६९।०६।१६ गते: जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता
२४) २०६९।०९।०८ गते: प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
२५) २०७०।०३।१६ गते: जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता।
२६) २०७०।०४।०३ गते: जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता।
२७) २०७१।०१।०२ गते: प्रहरी बृत्त गौशालामा चोरी मुद्दा दर्ता।
२८) २०७१।०४।२२ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
२९) २०७१।१२।१२ गते: काठमाडौँ प्रहरी परिसरमा अभद्र मुद्दा दर्ता।
३०) २०७२।०३।०७ गते: प्रहरी बृत्त कालिमाटीमा अभद्र मुद्दा दर्ता।
३१) २०७२।०४।२६ गते: प्रहरी बृत्त जनसेवामा अभद्र मुद्दा दर्ता।
३२) २०७२।०६।११ गते: प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता।
३३) २०७३।०९।०६ गते: प्रहरी बृत्त स्वयम्भुमा चोरी मुद्दा दर्ता।
३४) २०७९।०१।११ गते: जिल्ला प्रहरी परिसर ललितपुरमा अभद्र मुद्दा दर्ता।
३५ २०७९।०९।२१ गते: प्रहरी बृत्त लैनचैरमा चोरी मुद्दा दर्ता।
३६) २०८०।०१।२४ गते: प्रहरी बृत्त स्वयम्भुमा अभद्र मुद्दा दर्ता।
३७) २०८०।०५।३१ गते: जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा दर्ता।
Shares

प्रतिक्रिया