जेनजी आन्दोलनका क्रममा हेटौंडामा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका-१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका-८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घताने रहेका छन्। बागमती प्रदेश सभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका-११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा स्थानीय ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ। दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।
Shares

प्रतिक्रिया