पाल्पामा वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जन्मजात नबोल्ने र कान नसुन्ने ७० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका ६ करङतुङ बस्ने २२ वर्षीय बिन्दु रानालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार बिहान १० बजे ती युवकले महिलालाई घरनजिकै रहेको मलखालमा जबर्जस्ती करणी गरेका थिए।
शुक्रबार बिहान पीडित महिलाकी बहिनीले जाहेरी दिएपछि रानालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
फागुन २७, २०७९, शुक्रबार
प्रतिक्रिया