ad ad

अपराध


रौतहटमा १९ दिनमा १०६ फरार प्रतिवादी पक्राउ

रौतहटमा १९ दिनमा १०६ फरार प्रतिवादी पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०७९ शुक्रबार ७:२९, सर्लाही

रौतहट प्रहरीले तीन साताको अवधिमा १०६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

माघ १ गतेदेखि १९ गतेसम्मको अवधिमा १०६ जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँबाट अदालतबाट कैद, जरिवाना र सजाय तोकिएका अभियुक्तहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर जरिवाना तथा कैद सजायका लागि कारागार पठाइएको डीएसपी यादवले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .