अपराध


सर्लाहीमा घाँटी छिनाएको अवस्थामा भारतीय युवकको शव भेटियो

सर्लाहीमा घाँटी छिनाएको अवस्थामा भारतीय युवकको शव भेटियो

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १०:२४, सर्लाही

सर्लाहीको हरिपूर्वामा एकजना भारतीय युवकको हत्या भएको छ।

हरिपुर्वा नगरपालिका १ मा धारिलो हतियारले घाँटी छिनाएको अवस्थामा भारतीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले जानकारी दिए।

शव भारतको सीतामढी ९ सोनबर्सा घर भएका २८ वर्षीय सिकु भनिने सेखर सुमनको रहेको प्रहरीले जनाएको छ।

डीएसपी राईका अनुसार बिहीबार साँझ टाउको छिनाएर बीभत्स ढंगले हत्या गरेको अवस्थामा हरिपूर्वा र सङ्ग्रामपुरको बीचमा पर्ने हरिपुर्वा नगरपालिका १ पथरा पुलनजिकैको घारीमा शव फेला परेको हो। 

शरीर र टाउको अलग अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पछि मृतकका आफन्त आएपछि प्रहरीले शवको सनाखत गराएको थियो।

हिजै साँझ शव फेला परे पनि आज (बिहीबार) बिहान मात्रै प्रहरीले घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ। 

अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले शव रातभर घटनास्थलमै राखेको थियो। 

युवकको हत्यामा संलग्न आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ। 

‘हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन’, डीएसपी राईले नेपालखबरसँग भने, ‘पीडित पक्षबाट पनि अहिलेसम्म कसैविरुद्ध किटानी जाहेरी परेको छैन। हामी घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .