ad ad

प्रवास


टोक्योमा दुई दिने नेपाल फेस्टिभल सुरु

टोक्योमा दुई दिने नेपाल फेस्टिभल सुरु

मीना खड्का
साउन १४, २०७९ शनिबार २१:१७, नागोया (जापान)

जापानको राजधानी टोक्योमा शनिबारदेखि दुई दिने १२ औँ नेपाल फेस्टिभल सुरु भएको छ।   

उच्च गर्मी र कोरोना महामारीको प्रतिकुलताबीच नेपाल फेस्टिभल सुरु भएको हो। नाकानो सहरको सिकिनो मेरी पार्कमा जारी फेस्टिबलमा नेपाली र जापानीहरुको उल्लेख्य सहभागिता छ। 

आइतवार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने फेस्टिबलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना प्रमुख अतिथि छन्। 

कार्यक्रममा जापानको परराष्ट्र मन्त्रालयका एसिया विदेश विभाग दक्षिण पूर्वका महानिर्देशक कानो ताकिहिरो, जापानका लागि नेपाली कार्यवाहक राजदूत अम्बिका जोशी, नाकानो सिटीका मेयर साकाई नाओतो, जापानका लागि मालदिभ्सका राजदूत, भारतीय राजदूतावास टोक्योका उपनियोग प्रमुख पनि सहभागी थिए।

त्यसैगरी फिलिपिन्सका काउन्सिलर, एनआरएन आईसीसीका पदाधिकारीहरु, नेपालका लागि जापानका पूर्व राजदूत, जापानमा क्रियाशील संघ संस्थाका अध्यक्ष्यसहित जापानमा रहेका नेपालीको उपस्थिति थियो।

फेस्टिभलको उद्घाटन गर्दै प्रमुख अतिथि तिमल्सिनाले जापानको व्यस्त समयलाई सदुपयोग गर्दै नेपालको कला, संस्कृति झल्काएकोमा आभार व्यक्त गरे। 

उनले नेपाल-जापान सम्बन्धलाई फेस्टिभलको माध्यमबाट नागरिक तहमा पनि प्रगाढ बढाउने विश्वास ब्यक्त गरे।  

एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा यो कार्यक्रम भएको हो। सांस्कृतिक कार्यक्रमहरु देवराज उप्रेती, विशु भण्डारी, रविन शर्मा, सचिन आचार्य, श्याम शीतल, एलिजा केसी लगायतले संचालन गरे।

यसैगरी जापानमा कार्यरत नेपाली डाक्टरहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविरमा पनि स्वस्थ्य जाँच गर्नेहरुको रुचि देखिएको थियो।

दुई दिन संचालन हुने शिविरमा विभिन्न रोगको जाँचका लागि नेपालीहरु आएको स्वास्थ्य शिविरका संयोजक एलिजा केसीले बताइन्। 

पहिलो दिन बिहान ११ बजेदेखि शुरु फेस्टिभलमा २ बजेपछि नेपालीहरुको उपस्थिती बाक्लो भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .