प्रवास


गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा योगेन्द्र

गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा योगेन्द्र

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:३६, अस्ट्रेलिया

गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरिएको छ। शनिबार सम्पन्न छैटौँ साधारणसभा तथा अधिवेशनले योगेन्द्रराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्षमा ईश्वरबाबु दाहाल, महासचिवमा राजु पोखरेल, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सुजन श्रेष्ठ, प्रवक्तामा रीतु श्रेष्ठ र पब्लिक अफिसरमा सन्जिव अमगाई निर्विरोध चयन भएका छन्।

युवा संयोजकमा अन्जन श्रेष्ठ, महिला संयोजकमा सुमित्रा मगराती र कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सविता डल्लाकोटी, उद्धव पोखरेल, रेश्मा ढकाल, विनय पन्त र विजयजंग थापालाई चयन गरिएको निवार्चन समितिका संयोजक डिल्ली ढकालले जानकारी दिए।

नवनियुक्त अध्यक्ष जोशीले समाज अस्ट्रेलियाले आउँदा दिनमा थप सामाजिक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। समाजले मानव सेवा आश्रमका निम्ति अस्ट्रेलियाभर च्यारिटी कार्यक्रमको आयोजना गरेर कुल एक लाख ९३ हजार डलर सहयोग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad