गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औँ बैठक आइतबार बस्ने भएको छ।
संघका अनुसार बैठक आइतबार नेपाली समय अनुसार साँझ ५ बजे भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ। आगामी अक्टोबरमा हुने १२औँ विश्वसम्मेलनको तयारीसँगै अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा एनआरएनए महाधिवेशनका लागि दर्ता भएका प्रतिनिधिको व्यवस्थापन, महाधिवेशनस्थल तथा होटल व्यवस्थापन, अनलाइन निर्वाचन प्रक्रिया, साथै गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई लिएर भइरहेको कानुनी संशोधनमा ढिलाइ जस्ता अजेन्डामा छलफल हुने एनआरएनएले जनाएको छ।
संघका अध्यक्ष बद्री केसीको अध्यक्षतामा बस्ने बैठकले यसअघि संघको पदाधिकारी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने तयारी समेत गरेको छ।
एनआरएनए निर्वाचन : ५६ देशबाट साढे ४ हजार प्रतिनिधिको नाम दर्ता
24
Shares

प्रतिक्रिया