प्रवास


प्रवासी नेपाली मञ्च स्लोभाकियाले चुन्यो नयाँ कार्यसमिति, अध्यक्षमा रुद्र किसन

प्रवासी नेपाली मञ्च स्लोभाकियाले चुन्यो नयाँ कार्यसमिति, अध्यक्षमा रुद्र किसन

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ८:४५, स्लोभाकिया

प्रवासी नेपाली मञ्च स्लोभाकियाले प्रथम अनलाइन भेलामार्फत नयाँ कार्यसमिति चुनेको छ। भेलाले रुद्र किसनको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

त्यस्तै, उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा गोकर्ण भट्ट तथा उप–सचिवद्वयमा तिलकप्रसाद शर्मा न्यौपाने र रवि रिमाल चुनिएका छन्।

त्यसैगरी, सदस्यहरूमा प्रकाश भण्डारी, सन्तोष रानामगर, धर्मेन्द्र दाहाल, काशीराम तिवारी, दिपेश खत्री (राज), तारा खड्का, जीवन भट्टराई, उमेश बास्तोला, शरु भट्टराई घिमिरे, विजय शर्मा, सुजन खत्री, नितु खत्री, अनमिका खड्का, विमल भण्डारी, देव विक, लुमप्रसाद तिवारी, रामजी रानाभाट, अजय भट्टराई, मेनुका लम्साल, योगेश गुरुङ, धनुसुबा गुरुङ, मन्दिप खत्री, भागीराम डाँगी, प्रयाशराज खनाल, मुकेश लामा र टेक राज भण्डारी चुनिएका छन्।

युरोप कमिटी सचिव शालिकराम थपलियाको संयोजन तथा सञ्चालनमा सम्पन्न भएको भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि रहेका थिए।

त्यस्तै, विशेष अतिथिमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा, सचिव एवं संगठन विभाग प्रमुख हेम शेर्पा र उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोखरेल रहेका थिए।

युरोप तथा अन्तर्राष्ट्रिय कमिटीका विभिन्न विभाग प्रमुख, सदस्य र सल्लाहकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

युरोप कमिटीका सहसंयोजक चन्द्रकान्त आचार्यको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय कमिटी तर्फबाट विनोद न्यौपाने (बेल्जियम), ईश्वर देवकोटा (पोल्यान्ड), दिपक खत्री (पोर्चुगल), तिलक गजमेर (स्लोभेनिया), केशव पाण्डे (नेदरल्यान्ड) लगायत सहभागी भएका थिए।

भेलाका प्रमुख र विशेष अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रवासी नेपाली र संगठनको हितमा प्रभावकारी काम गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad