कोशी


बिर्तामोडमा आगलागी हुँदा गोठ र घर जले

बिर्तामोडमा आगलागी हुँदा गोठ र घर जले

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ८:५५, विराटनगर

झापाको बिर्तामोड नगरपालिका–७ स्थित बिरानमा मंगलबार बिहान आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएका छन्।

बिहान ४:३० बजेतिर केशव प्रसाद चाम्लिङको टिनको छानो भएको दुईतले गोठमा विद्युत् सर्ट भई आगलागी भएको हो।

आगो फैलिँदै जाँदा नजिकै रहेको उनको काठले बनेको दुईतले घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि स्थानीय प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, भद्रपुर नगरपालिकाको दमकल तथा स्थानीयले संयुक्त रूपमा प्रयास गरेका थिए।

आगो ५:५० बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट भएको क्षतिबारे प्रहरीले मूल्यांकन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad