Draft


नेकपा सचिवालयको निष्कर्षः नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगिकृत नागरिकता

नेकपा सचिवालयको निष्कर्षः नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगिकृत नागरिकता

नेपालखबर
असार ६, २०७७ शनिबार ६:२,

नेकपाको सचिवालय बैठकले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगिकृत नागरिता प्रदान गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सो सचिवालयको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलेसंसदमा विचाराधिन रहेको नागरिकतासम्बन्धी विधेयकका प्रावधानमा छलफल गरी नेपाली पुरुषसँग

बिहे गर्ने विदेशी महिलाले प्राप्त गर्ने अंगिकृत नागरिकता प्रावधान छलफल गरेर निष्कर्ष निकालेको छ जानकारी दिए।

‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा रहेको आफ्नो नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ,’ उनले बैठकपछि भने।

त्यस्ता विवाहित व्यक्तिले विहेपछि सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुनेगरी आवासीय परिचयपत्र प्रदान गर्ने प्रावधान कायमै रहेकोले सोहिअनुसार हुने उनले प्रष्ट्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad