Draft


बीवाईडीका दुई नयाँ विद्युतीय कार आउँदै, यस्तो छ मूल्य र विशेषता

बीवाईडीका दुई नयाँ विद्युतीय कार आउँदै, यस्तो छ मूल्य र विशेषता

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ६:१६,

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले यही भदौ १० देखि आयोजना हुने नाडा अटो शोमा एम३ मोडलको नयाँ विद्युतीय कार सार्वजनिक गर्ने भएको छ। त्यसलगत्तै कम्पनीले नेपाली बजारमा ई६ मोडलको कार पनि ल्याउँदै छ। कम्पनीको लागि आधिकारिक नेपाली बिक्रेता सिमेक्स इन्कले उक्त कारहरु नेपालमा सार्वजनिक गर्नलागेको हो।

कस्तो छ ई६ मोडल?
कम्पनीको नयाँ ई६ मोडल लामो दूरीको यात्राको लागि उपयुक्त रहेको छ। यो पूर्ण विद्युतीय सवारीसाधन भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो क्रसओभर एसयूभी हो भने भित्री स्थान पनि निकै ठूलो छ। एकपटक पूर्ण चार्ज गर्दा ४ सय किमिसम्मको यात्रा गर्न सकिने सिमेक्सले जनाएको छ। यसको मूल्य ६६ लाख रुपैयाँ राखिएको छ।

कस्तो छ एम३ मोडल?
कम्पनीले एम३ मोडलको कार यही १० गतेदेखि काठमाडोंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा सार्वजनिक गर्ने जनाएको छ। यो कारलाई कम्पनीले बहुउद्देश्यीय सवारीसाधन (एमपीभी) भनेको छ। यसको महत्वपूर्ण विशेषता भनेकै कम ऊर्जा खपतमा उच्च प्रस्तुति दिने क्षमतायुक्त हुनु हो। पूर्ण विद्युतीय यो कारमा शक्तिशाली विद्युतीय मोटर रहेको छ।

त्यस्तै केही स्वचालित प्रविधिका कारण चलाउन र मर्मतसम्भारमा निकै सजिलो छ। यसमा बीवाईडीको स्वामित्व रहेको एनसीएम ब्याट्री प्रयोग गरिएको छ। यसले शून्य उत्सर्जन गर्छ भने एक पटकको चार्जमा ३ सय १० किमिसम्मको ड्राइभिङ रेन्ज रहेको छ। ५ सिटे र सात सिटे गरी दुई भेरियन्टमा यो गाडी उपलब्ध हुने कमपनीले जनाएको छ। सात सिटेको ४७ लाख ५० हजार र पाँचसिटेको मूल्य ४६ लाख ५० हजार राखिएको कम्पनीले जनाएको छ।

विद्युतीय सवारीसाधनमा सिमेक्स
बीवाईडी विद्युतीय सवारीसाधन निर्माणमा विश्वकै अग्रणी कम्पनी हो, बितेका चार वर्षमा कम्पनीले विद्युतीय सवारीसाधन बिक्रीमा कीर्तिमान कायम गरेको छ।  ब्याट्री, मोटर र इलेक्ट्रोनिक कन्ट्रोलमा आधारित सवाीसाधन निर्माण गर्ने कम्पनी पनि हो। सिमेक्स इंक बीवाईडीको लागि नेपालको आधिकारिक बिक्रेता हो ।

चार्जिङ स्टेसन निर्माणलाई उच्च प्राथमिकता

विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन महत्वपूर्ण कुरा हुन्छ । नेपालमा सिमेक्सले चार्जिङ स्टेसन निर्माणलाई उच्च प्राथमिकता दिएको छ। काठमाडौंमा मात्रै कम्पनीले ११ वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ। कम्पनीको रत्नपार्क, पाटन, नक्साल, थापाथली, तीनकुने, महाराजगञ्ज, कमलादी, सिंहदरबारमा चार्जिङ स्टेसन रहेका छन् ।

त्यस्तै नारायणघाट, हेटौंडा र लुम्बिनीमा समेत कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । कम्पनीले देशैभर चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकता दिएको बताएका छन्। धुलिखेल, बर्दिबास, कुरिनटार, पोखरा, इटहरी, बिर्तामोड र विराटनगरमा स्टेसन निर्माण गरिरहेको कम्पनीले जनाएको छ।

राष्ट्रपतिदेखि ऊर्जामन्त्रीसम्मले चढ्छन् बीवाईडीका कार
नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, टीबीआई ग्रुपका प्रमुख भवन भट्ट, ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले बीवाईडीको विद्युतीय सवारीसाधन प्रयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad