राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसका सभापति देउवा र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री एस जयशंकरलाई कूटनीतिक मर्यादा नाघेर भेट गरेको आरोप लगाएका छन्।
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई प्रधानमन्त्री भइसकेका व्यक्तिले होटलमै पुगेर भेट गरेको भन्दै अध्यक्ष थापाले सो भेट लम्पसारवादको नमूना भएको आरोप लगाए। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले पूर्वप्रधानमन्त्रीद्वयमाथि यस्तो आरोप लगाएका हुन्।
‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेश गरे’, सामाजिक सञ्जाल ट्विटरमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले लेखेका छन्।
फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे।
This is too much.
बिहीबार कांग्रेस सभापति देउवा समाजवादी पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र भट्टराईले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। अध्यक्ष थापाले सो भेटघाट कूटनीतिक मर्यादाविपरीत भएको बताएका हुन्।
थापाको ट्विटमाथि जवाफ लेख्दै समाजवादी पार्टीका अध्यक्ष भट्टराईले आफूहरु छिमेकीसँग खुला सम्बन्धको पक्षमा रहेको जवाफ दिएका छन््। उनले लेखेका छन्, ‘सिसाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला। सुगौली सन्धि यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं।’
अध्यक्ष भट्टराईको ट्वीटका जवाफ दिँदै थापाले खुला मित्रतापूर्ण सम्बन्धबारे भट्टराईको धारणासँग आफू सहमत भए पनि एक पूर्वप्रमले विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि? भन्दै व्यंग्य कसेका छन्। उनले लेखेका छन्, ‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु। त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो। सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि?’
— Kamal Thapa (@KTnepal) August 23, 2019खुला मित्रतापूर्ण सम्बन्धवारे मेरो मित्रको धारणासंग सहमत छु।त्यस्तो सम्बन्ध समानता,स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामोसमय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो।सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन कि?
थापाको आरोपमाथि कांग्रेस सभापति देउवाले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।
देउवा र भट्टराईले कूतनीतिक मर्यादा नाघेको भन्दै सामाजिक सञ्जालमा समेत उनीहरुको आलोचना भइरहेको छ।

प्रतिक्रिया