नेपाल औषधि उत्पादक संघको नयाँ अध्यक्षमा नारायणबहादुर क्षेत्री निर्वाचित भएका छन्। संघको २५ औं वार्षिक साधारणसभाले क्षेत्रीको अध्यक्षमा निर्वाचित गरेको हो।
उनले अध्यक्षका अर्का उम्मेदवार प्रज्वलजंग पाण्डेलाई ५ मतले पराजित गरेको हुन। खसेको ४९ मत मध्ये क्षेत्रीले २७ मत र पाण्डेले २२ मत प्राप्त गरेका छन्। पाण्डे निवर्तमान कार्यसमितिका महासचिव र क्षेत्री वरिष्ठ उपाध्यक्ष रहेका थिए।
दुई वर्षे कार्यकालका लागि संघको नयाँ कार्यसमितिमा सुवर्णभक्त जोशी, प्रभात रूंगटा, विप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेश प्रसाद प्रधान, दीपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा विजयी भएका छन्।
संघको विधानअनुसार अध्यक्षले बाँकी कार्यसमितिको विभिन्न पदका लागि मनोनयन गर्ने परम्परा छ। नवनिर्वाचित अध्यक्षले सदस्य चुनिएकाबाटै अन्य पदमा मनोनयन विधानमा उल्लेख छ।
Shares

प्रतिक्रिया