राजनीति


नेकपाको चियापानमा पौडेलले भनेः राजनीतिमा नैतिकताको संकट देखियो

नेकपाको चियापानमा पौडेलले भनेः राजनीतिमा नैतिकताको संकट देखियो

नेपालखबर
असोज २९, २०७६ बुधबार १२:५०,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए।

सत्तारुढ नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि पनि सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा दलहरुबीच फरक मत भएपनि मुलुकलाई अघि बढाउने विषयमा साझा धारणा बनाएर अघि बढनुपर्ने स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad