कारोबार


विद्युत महशुल घटाउने योजनामा छौँ : उर्जामन्त्री भुसाल

विद्युत महशुल घटाउने योजनामा छौँ : उर्जामन्त्री भुसाल

शैलेन्द्र महतो
साउन १४, २०७८ बिहिबार १४:३३,

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विधुत महसुल घटाउने योजनामा आफू रहेको बताएकी छन्।

नेकपा (माओवादी केन्द्र) धनुषा शाखाले बिहीबार आयोजित सम्मान कार्यक्रममा उनले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिएकी हुन्।

‘२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा हामी छौँ। निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु पर्छ। यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुन्छन्’ मन्त्री भुसालले भनिन्।

बिहीबार नै मन्त्री भुसालले धनुषाको सबैला नगरपालिका किरथपुर स्थित कमला नदीको बाढीले भत्काएको बाँधको निरीक्षण गरेकी छन्। 

निरीक्षणको क्रममा उनले कमलाको वरिपरिको गाउँबस्तीलाई स्थायी रुपमा बाढी र कटानबाट सुरक्षित गर्न गुरु योजना बनाएर काम गर्ने आश्वासन दिइन्। आफ्नो डेढ वर्षे कार्यकालमा कमला नदीको बाँध सकेसम्म दुरुस्त रुपले बनाउने प्रयास गर्ने उनको भनाइ थियो ।

उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यक रहेकामा जोड दिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .