ad ad

कारोबार


बतास अर्गनाइजेसन र अटोवेजले ३ अर्बमा किने पोखराको मणिपाल अस्पताल

बतास अर्गनाइजेसन र अटोवेजले ३ अर्बमा किने पोखराको मणिपाल अस्पताल

नेपालखबर
भदौ १०, २०७८ बिहिबार १७:३२, काठमाडौँ

पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। 

बतास अर्गनाइजेसन र अटोवेज समूहले उक्त अस्पताल क्रमशः ६० र ४० प्रतिशत लगानी रहने गरी खरिद गरेका हुन्। 

नौ सय शय्या बेड क्षमता रहेको शिक्षण अस्पताल ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा खरिदबिक्री भएको हो। 

उक्त अस्पताल यसअघि भारतीय लगानीकर्ता समूहको स्वामित्वमा थियो। १० रोपनी जग्गा र भवन रहेको अस्पतालसँग अरु ३० रोपना जग्गा समेत छ।

यो अस्पतालले नेपाल मेडिकल काउन्सिलबाट हरेक वर्षमा १ सय जनाको एमबीबीएस अध्यापनको अनुमति पाएको छ। 

खरिद प्रक्रिया पूरा भएपछि अस्पतालको सञ्चालक समितिमा ४ जना रहने सहमति भएको छ।

अस्पतालमा बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष तथा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष रहनेछन् भने बतास समूहका प्रबन्धनिर्देशक शान्तराज बतास र निर्देशकमा विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .