कारोबार


एभरेष्ट बैंकले पनि थाल्यो नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा

एभरेष्ट बैंकले पनि थाल्यो नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवा

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १८:३७, काठमाडौँ

हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटुपी) सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेड (ईबीएल)ले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। 

यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्कालै रकम आदानप्रदान गर्न सक्ने बैंकले जनाएको छ।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन्। 

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा विना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन्। नयाँ प्रणालीअन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए)को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन्। 

साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad