ad ad

कारोबार


भन्सार सहजीकरणका लागि विभागसँग नाडाको आग्रह

भन्सार सहजीकरणका लागि विभागसँग नाडाको आग्रह

नेपालखबर
असोज १३, २०७८ बुधबार २०:२३, काठमाडौँ

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भन्सार सहजीकरणका लागि भन्सार विभागसँग  आग्रह गरेको छ। 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग भेट गरी भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिका लगायतका विषयमा छलफल गरेको छ।

भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए। छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारी समेत भइसकेको जानकारी दिए।

सो छलफलमा महासचिव सुनिल रिजालले यच.यस कोड परिवर्तन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोबाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनु पर्ने बताए। 

कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरूबारे जानकारी गराए।

छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउँदै व्यवसायीहरुका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए।

सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अब ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताए।

सो छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।              
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .