कारोबार


डीएचआईले ल्यायाे नयाँ रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर

डीएचआईले ल्यायाे नयाँ रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर

नेपालखबर
असोज २१, २०७८ बिहिबार १५:५२, काठमाडौँ

डिजिटल होम इन्टरनेसनल (डीएचआई) ले दसैँ र तिहारको अवसरमा आफ्नो घरायसी सामानहरु अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्चर ग्राइन्डर अनावरण गरेको छ। 

डीएचआई सेट–अप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डीएचआईले ग्राहकको चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको जनाएको छ। 

अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरहरुको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरुको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार हप्तौँसम्म खाना स्वच्छ र ताजा राख्जे डीएचआई रेफ्रिजरेटरको कम्प्रेसरको लागि दस वर्ष र अन्यका लागि एक वर्षको वारेन्टी रहेको छ। 

त्यस्तै डीएचआई मिक्चर ग्राइन्डर एक स्मार्ट भान्साको उपकरण हो। यस चाडबाडको उत्सवमा डीएचआई मिक्चर ग्राइन्डरले ग्राहकहरुको जीवन सरल र सहज बनाइ खुशी बढाउने बताइएको छ। अत्याधुनिक प्रविधिमा निर्मित डीएचआईका मिक्चर ग्राइन्डर देशमै आफ्नो क्षेत्रको सबैभन्दा राम्रो हुने कम्पनीले दाबी गरेको छ।

ग्राहकहरुले डीएचआईका मिक्चर ग्राइन्डरहरु विभिन्न रंगहरुमा चयन गर्न सक्नेछन्। त्यस्तै मिक्चर ग्राइन्डरहरु ५०० वाट र ७५० वाटको पावरमा उपलब्ध रहेका छन्। डीएचआई मिक्चर ग्राइन्डरको मोटरका लागि दुई वर्ष र अन्यका लागि एक वर्षको वारेटी रहेको छ ।

डीएचआईको देशभर फैलिएको सेवा नेटवर्कले ग्राहकहरुलाई उपकरणसम्बन्धी सेवा प्राप्त गर्न सहज बनाउने छ। 

डीएचआईको डिशहोम समूह, आईएमई समूह, प्रभु समूह र स्यान्डमार्टिन समूह हङकङद्वारा प्रवद्र्घन गरिएको छ। यसका प्रवर्धकहरु आफ्नो क्षेत्रमा उत्कृष्ट गुणस्तर र सेवा वितरणका लागी परिचित छन्।

नेपालकै एक विश्वसनीय नाम डिशहोमसँगको साझेदारीले डीएचआईको उत्पादन र सेवा वितरणमा थप उत्कृष्टता प्रदान गर्नेमा डीएचआई विश्वस्त रहेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .