लागुऔषध प्रकरणमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गिरफ्तार भएपछि धेरै जना सेलिब्रिटीले उनको परिवारको समर्थनमा प्रतिक्रिया दिइरहेका छन्।
यही सूचीमा अभिनेता ऋतिक रोशन पनि थपिएका छन्। ऋतिकले आर्यनको समर्थनमा सामाजिक सञ्जालमा स्टाटस लेखेका हुन्। त्यसमा उनले आर्यनलाई जीवनलाई अप्ठेरो अवस्थामा कसरी सम्हाल्ने भन्ने अर्ती दिएका छन्।
जीवन एक अनौठो यात्रा होः ऋतिक रोशन
ऋतिक रोशनले आफ्नो इन्स्टाग्राममा आर्यनको फोटो राख्दै लेखेका छन्, ‘प्रिय आर्यन। जीवन भनेको एउटा अनौठो यात्राजस्तै हो। जीवनमा कुनै कुरा पनि निश्चित हुँदैन र यो जीवनको वास्तविकता हो। जिन्दगीले कहिलेकाहीँ तिम्रासामु एकदमै कठिन बल फ्याँकिदिन्छ, तर भगवान् दयालु छन्। उनले शक्तिशाली मानिसलाई पनि सबैभन्दा कठिन बल खेल्न दिन्छन्। थाहा छ, तिमीलाई (भगवानले) रोज्नुको कारण तिमी कठिन परिस्थितिमा पनि आफूलाई सम्हाल्न सक्छौं भनेरै हो। मलाई लाग्छ, तिमीले यो महसुस गर्नुपर्छ। क्रोध, भ्रम, लाचारी यी सबै तत्त्वले तिमीभित्रको हिरोलाई बाहिर ल्याउँछन्। तर यस्ता चिजले एउटा राम्रो मानिसभित्रका दया, करुणा, प्रेमलाई नष्ट पनि गरिदिन्छन्।
‘गल्ती, असफलता, जित, सफलता...सबै उस्तै हुन्’
‘यो समयले तिमीलाई धेरै कुरा सिकाउनेछ’
अभिनेता ऋतिकले लेखेका छन्, ‘तिमी जे पनि अनुभव गर्न सक्छौ, तिमी त्यसका मालिक हौ। त्यो तिम्रो उपहार हो। मलाई विश्वास गर। म तिमीसँग वाचा गर्छु– यो समयले तिमीलाई धेरै कुरा सिकाउनेछ....। यो क्षणले तिम्रो भोलिलाई बलियो बनाउनेछ र भोलिको दिन उज्यालो हुनेछ....।’
ऋतिकले इन्स्टाग्राममा गरेकाे पाेस्ट-
Shares
प्रतिक्रिया