इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनौटको नतिजा सार्वजनिक भएको छ।
वैदेशिक रोजगार विभागले असोज १० गते बुझाएको सूचीबाट एक हजार जना छनोट भएका हुन्।
८२१ जना महिला र ३५४ जना पुरुष गरी ११ सय ७५ नेपाली इजरायल जान पाउने भएका हुन्।
विभागले छनौटका सबै परीक्षा सकेर एक हजार ६ सय जनाको सूची इजरायली दूतावासमार्फत जनसंख्या तथा आप्रवासन प्राधिकरणलाई बुझाएको थियो।
सोही सूचीबाट सोमबार चिठा प्रणालीबाट एक हजार जना छनोट गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए।
छनौटमा परेका श्रमिकको सूची
66
Shares
प्रतिक्रिया