ad ad

कारोबार


न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाख ९ हजारले पाए १०/१० कित्ता

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाख ९ हजारले पाए १०/१० कित्ता

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार ११:४१, काठमाडौँ

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरेको छ। 

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए। 

आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाखबराबरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो। 

निष्काशित सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। 

आयोजना निर्माणको कुल अनुमानित लागत छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .