ad ad

समाज


प्रहरी, सशस्त्र र गुप्तचरमा अब ‘तँ’ भन्न नपाइने

प्रहरी, सशस्त्र र गुप्तचरमा अब ‘तँ’ भन्न नपाइने

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार ११:२२, काठमाडौँ

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ। 

गृहमन्त्री बालकृष्ण खाँणले तीनै सुरक्षा निकायलाई संगठनमा एकअर्कालाई ‘सम्मानार्थी’ शब्दले सम्बोधन गर्न निर्देशन दिएका हुन्। 

गृहमन्त्रीले निर्देशन दिएको कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल उपस्थित थिए।

‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ’, एआईजी पोख्रेलले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन। सम्मानार्थी शब्द प्रयोग गर्नुपर्छ।’

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएका हुन्। 

संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिले संगठनभित्र एकलेअर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्द प्रयोग गरेर त्यसको सुरुवात गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .