कारोबार


झापा जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

झापा जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ७:२०,

प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा झापाको भद्रपुरनगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। झापास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन्।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले १ सय ९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .