माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ।
बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तौलिहवा, दाङ्ग जिल्लाको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो।
उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालिकाका स्थानीय जनप्रतनिधि एंव तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ४४ वटा शाखाहरु र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ७७ स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ। साथै देशभर रहेका १ सय ६७ वटा एटीएमहरुमार्फत बैंकले चौबीसै घण्टा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया