कारोबार


महासंघको विधान संशोधन नगर्ने निर्णय अनुमोदन

महासंघको विधान संशोधन नगर्ने निर्णय अनुमोदन

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १३:३८,

नेपाल उद्योग वाणिज्य महासंघको भोलि (शुक्रबार) हुने भनिएको विशेष साधारण सभा औपचारिक रुपमै स्थगित भएको छ। बिहीबार सम्पन्न महासंघको कार्यकारिणी समितिको बैठकले विशेष साधारण सभा रोक्ने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।

विधानको विभिन्न ३५ वटा बुँदा संशोधन गर्ने विषयको मस्यौदा समेत बनिसकको र छलफलमा गएको अवस्थालाई रोक्ने औपचारिक निर्णय गरिएको हो।

आजको बैठकले महासंघको महानिर्देशकमा सरकारका पूर्वसचिव धरणीधर खतिवडालाई नियुक्ति गर्ने निर्णय अनुमोदन गर्ने निर्णय गरेको छ। त्यस्तै गरि सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसँग यथाशीघ्र छलफल गरी अघि बढाउने निर्णय समेत गरेको छ।

उद्योगी तथा व्यवसायीहरूमाथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यवहारले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्नसक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .