कारोबार


काठमाडौंमा चीन तिब्बत व्यापार मेला सुरु

काठमाडौंमा चीन तिब्बत व्यापार मेला सुरु

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १०:२५,

काठमाडौंको त्रिपुरेस्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सोमबारदेखि ‘चीन तिब्बत व्यापार मेला’ सुरु भएको छ।

नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन्। मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालको व्यापार घाटा बढ्दै गएको र चीनसँग पनि ठुलो मात्रामा व्यापार घाटा रहेको बताए।

उनले नेपाल र चीनमा संयुक्त रुपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको प्रवर्धन गर्न सहयोग पुर्‍याउने बताए। सचिव अर्यालले मेलाले बढ्दै गएको नेपालको व्यापार घाटालाई कम गर्न समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

मेलामा नेपाल र चीनको स्वसाशित क्षेत्र तब्बतका व्यवसायीहरुको सहभागिता रहेको छ। मेलामार्फत दुई देशका उत्पादनहरुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ। मेला चार दिनसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .