समाज


दरबार जस्तै बन्यो दरबार हाइस्कुल, फागुनदेखि पढाइ सुरु (फोटो फिचर)

दरबार जस्तै बन्यो दरबार हाइस्कुल, फागुनदेखि पढाइ सुरु (फोटो फिचर)

कृष्ण आचार्य
मंसिर ९, २०७६ सोमबार १०:२२,

च्याङ फुङ लिङ आफ्ना सहकर्मीलाई निर्देशन दिइरहेका छन्। कामदार निकै व्यस्त छन्। समय धेरै छैन, दुई महिनाभित्र काठमाडौं दरबार हाइस्कूल सम्बन्धित निकायलाई हस्तान्तरण गर्नु छ।

चिनियाँ सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चीनकै एमसीजी कम्पनीले निर्माण गरिरहेको देशकै पहिलो शिक्षण संस्थाले पुस मसान्तसम्ममा नयाँ स्वरुप पाउने छ।

‘चिनियाँ र नेपाली गरेर एक सय २० श्रमिकको टोलीले काम गरिरहेको छ,’ प्रोजेक्ट म्यानेजर च्याङ भन्छन्, ‘अहिले दैनिक १२ घण्टा काम गरेर तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ।’
१८ साउन २०७५ मा २० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी एमसीजीले जिम्मेवारी लिएको थियो। तर, १५ महिनामै ९० प्रतिशतभन्दा धेरै काम सकिएको छ।

अब भवन बाहिरको ढलान, ट्वाइलेटको धारा र कमोड, पछाडिपट्टिको इन्टरलक, ढोका राख्न र भवनभित्र रङ लगाउन बाँकी छ। ‘त्यसपछि ४६ कोठा रहेको चार तले भवनले नयाँ संरचना पाउने छ,’ नेपाली कामदारका व्यवस्थापक राजेन्द्र केसी भन्छन्।

DB9A1876_1.jpg

१९९० मा स्थापना भएको सो स्कुल २०७२ को भूकम्पले भग्नावशेष भएको थियो। ऐतिहासिक महत्व बोकेको यस हाइस्कुललाई पुननिर्माणलाई चिनियाँ पक्षले उच्च प्राथमिकतामा राखेर काम अघि बढायो। जसको परिणाम अबको एक महिनामै देखिने छ।

भूकम्पअघि माथिल्लो तलामा भानु मावि र भुइँतलामा संस्कृत मावि संचालनमा थिए। नयाँ भवन निर्माण थालेपछि दुवै विद्यालयको पठनपाठन प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा भइरहेको छ।

भवन निर्माण कार्य सम्पन्न भएलगत्तै दरबार हाइस्कुल आफ्नै हातामा फर्कनेछ। ‘हामी यसै शैक्षिक सत्रको अन्तिम (फागुन) सम्म नयाँ भवनमा सर्छौँ,’ हाइस्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले नेपालखबरसँग भने।

नयाँ भवन ‘चाइना एड काठमान्डु दरबार हाइस्कुल (भानु सेकेन्डरी स्कुल’ रिकन्स्ट्रक्सन प्रोजेक्ट इन नेपाल’ परियोजना अन्तर्गत निर्माण कार्य भइरहेको छ। स्कुलको जग्गा भानु माविको नाममा छ।

जग्गाका कारण भानु र संस्कृत माविबीच विवाद उत्पन्न भएको थियो। तर, निर्माण सम्पन्न हुनै लाग्दा विवाद साम्य भएको प्रधानाध्यापक महतो बताउँछन्।

‘हामीबीच यसअघि जसरी भइरहेको थियो त्यसैगरी पठनपाठन सञ्चालन गर्ने सम्झौता भइसकेको छ। अब कुनै विवाद बाँकी छैन,’ महतो भन्छन्।

DB9A1853_1.jpg
DB9A1857_2.jpg प्रोजेक्ट म्यानेजर च्याङ र नेपाली कामदार व्यवस्थापक राजेन्द्र केसी
 DB9A1865.jpg
DB9A1874.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .