कारोबार


राजस्व छल्ने व्यापारीविरूद्ध १ अर्ब २९ करोड बिगो दाबी मुद्दा

राजस्व छल्ने व्यापारीविरूद्ध १ अर्ब २९ करोड बिगो दाबी मुद्दा

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १०:२१,

राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी १ अर्ब २९ करोड ३६ लाख राजस्व चुहावट गरेको अभियोगमा विनोद कुमार अग्रवाल र विकास अग्रवालविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले बारा कलैयाका बिनोद कुमार अग्रवाल र झापाका विकास अग्रवालविरुद्ध मजदुरहरुको नाममा फर्म दर्ता गरी झुट्टा तथा नक्कली भ्याट बिल जारी गरेको आरोप लगाएको छ।

विभागले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

अग्रवालद्वयले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिंग कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिंग कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिङ्ग, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रालि, सीमस ट्रेड इन्टरनेशनल, निशिला ट्रेडिंग, अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी नक्कली विल जारी गरेका थिए।

उनीहरुले १३ वटा विभिन्न फर्म मार्फत १ अर्व २९ करोड ३६ लाख राजस्व छलेको आरोप लगाएको छ।

विभागले विनोद कुमार अग्रवाल सहित २१ जना विरुद्द मुद्दा दायर गरी बिगोको दोब्बर जरिवाना र तीनवर्षसम्म कैद सजाय मागदावी सहित अदालतमा मुद्दा दायर गरेको छ।

काे काे कारबाहीमा ?

rajaswa chhalne haru

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .