सुनसरी र मोरङमा ६० प्रतिशत भन्दा बढि मत खसेको छ। साढे ४ बजेको प्रारम्भिक तथ्यांक अनुसार सुनसरी र मोरङमा ६ प्रतिशत हाराहारीमा मतदान भएको छ।
अहिले मतदान अन्तिम अन्तिम अवस्थामा पुगेको छ। केही मतदान स्थलमा भने मतदाता लाइनमा बसेकाले अझै डेढ घण्टासम्म मतदान प्रक्रिया चल्ने मोरङका प्रमुख जिल्ला अधिकारी कासीराज दाहालले बताए ।
मतदान केन्द्र भित्र पसिसकेका मतदातालाई ५ बजेपछि पनि मतदान गर्न दिइने व्यवस्था भएकाले मोरङमा साढे ६ बजेसम्म मतदान चल्ने दाहालले बताए।
मोरङमा अहिलेसम्म कहीँ कतै पनि निर्वाचन प्रक्रिया सुचारु गर्न बल प्रयोग गर्नु नपरेको उनले बताए। उनले भने केहि विवाद भएपनि आपसी समझदारीमा मतदान प्रक्रिया सुचारु भएको छ।
विराटनगर महानगरपालिकामा मतगणना सुचारु गर्नका लागि गणकहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मत पेटिका आएपछि समझदारी भए आजैबाट पनि महानगरको मतगणना सुरु हुने बताए। यसका लागि आवश्यक तयारी भइसकेको छ।
मत पेटिका कतिबेला सम्ममा आइपुग्छ र दलहरूको समझदारी के बन्छ यसैका आधारमा मतगणना हुने उनले बताए।
सुनसरीमा पनि मतदान प्रक्रिया अन्तिम अवस्थामा पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
केही मतदान केन्द्रमा भने ७ बजेसम्म मतदान हुने अवस्था रहेको यादवले बताए। यसका लागि आवश्यक बत्तीको व्यबस्था मिलाइएको छ।
सुनसरीमा पनि दलहरूको समझदारीका आधारमा मतगणना आजै हुने की भोलिबाट हुने भनेर तय गरिने यादवले बताए।
सुनसरीमा अहिलेसम्म विवाद भइ मतदान रोकिएको छैन।
उनले भने, ‘हामी मतदान केन्द्रमा प्रवेश गरेका सबैलाई मतदान गर्ने वाताबरण मिलाइरहेका छौँ।’
प्रतिक्रिया