कारोबार


बागमतीको बजेटले काठमाडौंलाई अन्याय गर्यो : सांसद शाक्य

बागमतीको बजेटले काठमाडौंलाई अन्याय गर्यो : सांसद शाक्य

नेपालखबर
असार १, २०७९ बुधबार १८:४९, काठमाडौँ

 बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उद्धेश्यले ल्याएको भन्दै नेकपा एमालेका सांसदहरुले आलोचना गरेका छन्। 

पूर्वमन्त्री समेत रहेका बागमती प्रदेशका सांसद डा. अजयक्रान्ति शाक्यले बजेटमा एमालेको भावनालाई समेट्न नसकेको भन्दै आलोचना गरे। 

'बजेट प्रतिपक्षलाई अवहेलना गर्ने उद्धेश्यले ल्याइएको छ', उनले भने, 'बजेटमा हाम्रो पार्टीको भावनालाई समेटिएको देखिँदैन। कतिपय पुरानै कुराको कपी-पेस्ट गरिएको छ।'

उनले बजेटको आकार बढे पनि स्रोत भर पर्दो नभएकाले सस्तो लोकप्रियताका लागि ल्याइएको पनि आरोप लगाए। 

'बजेट काठमाडौंका जनताका लागि हात लाग्यो शून्य जस्तै देखियो', उनले भने, 'बजेटका कतिपय कुरा सुन्दा ठिकै लाग्ने तर कार्यान्वयन नहुने देखिएको छ। काठमाडौंले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कञ्जुस्याइँ गरेर अन्याय भएको छ।'

बागमती प्रदेशले बुधबार ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .