कारोबार


जनतालाई महँगीको मारबाट बचाउन सरकारसँग आग्रह

जनतालाई महँगीको मारबाट बचाउन सरकारसँग आग्रह

नेपालखबर
असार १०, २०७९ शुक्रबार ९:१, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतालाई महँगीको मारबाट बचाउन सरकारसँग आग्रह गरेका छन्। 

डा. कोइरालाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सुझाव दिएका हुन्। 

उनले भनेका छन्, ‘सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ भन्सार र प्रज्ञापन शुल्क रु२५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा  २६.६२ रुपैयाँ प्रतिलिटर अन्तराष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad